काठमाडौँ प्रशासनद्वारा हतियारको इजाजत नवीकरण गर्न निर्देशन

बुधबार, वैशाख २६, २०८१

काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौँले इजाजत पत्र लिएका हातहतियारको नवीकरण गर्न निर्देशन दिएको छ । 

बुधबार सूचना जारी गर्दै कार्यालयले हतियारसहित स्वयम् उपस्थित भएर नवीकरण गर्न निर्देशन दिएको हो ।


जिल्ला प्रशासनबाट हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति, संस्थाहरूले प्रत्येक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ । कतिपय व्यक्ति, संस्थाले नवीकरण नगराएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्