विषादी व्यवस्थापनमा केन्द्रमा सिलबन्दी

बुधबार, वैशाख २६, २०८१

काठमाडाैं - जिल्लाको सदरमुकाममा रहेका दुईवटा एग्रोभेटमा ताला लगाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालय चितवनले आज यहाँ गरेको संयुक्त अनुगमनका लापर्वाही भेटिएपछि ती एग्रोभेटमा सिलबन्दी लगाइएको हो ।

सो क्रममा नारायणगढमा सञ्चालित प्रधान एग्रो इ र भरतपुरमा सञ्चालित हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थामा ताला लगाइएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधान एग्रोमा अनुमति प्राप्त व्याक्ति पसलमा नबसी नाबालकलाई पसलमा राखेर सञ्चालन गरेको र प्रयोग गर्ने समय सक्किएका विषादीको बिक्री वितरण गरेको पाइएकाले सो पसलका सञ्चालकलाई एक साताभित्र कृषि कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

यस्तै हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थाले पनि तालिम प्राप्त व्यक्तिलाई पसलमा राखेर बिक्री वितरण नगरेको र विषादी बिक्रीका क्रममा आवश्यक सुरक्षा प्रविधि नअपनाएको पाइएकाले ताला लगाइएको हो । यस्तै अनुगमनका क्रममा जिल्लाको सदरमुकाम भरतपुरमा सञ्चालित एग्रोभेटमा प्रयोग गर्ने समय सक्किएका विषादी बिक्री वितरणका लागि राख्ने गरेको, बिक्री गर्ने व्यक्तिले सुरक्षा प्रविधि नअपनाएको, नवीकरण नगरेको पाइएको बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्