मनास्लु क्षेत्रमा भेटिए १५ भन्दा बढी हिम चितुवा

बुधबार, वैशाख २६, २०८१

काठमाडौँ- गोरखाको मनास्लु क्षेत्रमा १५ वटाभन्दा बढी हिम चितुवा भेटिएका छन् । ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट अफ चेक एकेडेमी साइन्सले करिब ३ वर्ष लगाएर मनास्लु क्षेत्रमा हिम चितुवा गणना गरेको थियो ।

पहिलो पटक हिम चितुवाको गणना गरिएको हिम चितुवा गणनाको नेतृत्व डा. विक्रम श्रेष्ठले गरेका थिए । चुम र नुब्री भ्यालीमा १३ वटा वयस्क र २ वटा बच्चा गणना भएको बताइएको छ । अनुसार मनास्लु क्षेत्रमा भेटिएका चितुवा लोपोन्मुख प्रजातिका रहेको जनाइएको छ ।

मनास्लु क्षेत्रमा पाइएका हिम चितुवा नेपालसहित एसियाको १२ वटा देशमा मात्र पाइने अध्ययन टोलीको निष्कर्ष छ । नुब्री भ्यालीमा सन् २०२० नोभेम्बर देखि २०२१ जनवरीसम्म हिम चितुवाको गणना गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्