सुरक्षित कारोबार विधेयक पारित

बुधबार, वैशाख २६, २०८१

काठमाडौँ- राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।

समितिको बुधबार बसेको बैठकले सुरक्षित कारोबार विधेयक पारित गर्ने निर्णय गरेको हो । समिति सभापति जयन्तीदेवी राईले लामो समय समितिमा छलफल पश्चात् सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको जानकारी दिइन् ।सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको जानकारी दिँदै समिति सभापति राईले विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस हुने बताइन् ।

‘समितिमा लामो समय छलफल गरी सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको छ । यो ऐन सरकारले ल्याए पनि कार्यान्वयन भएको थिएन । कर्जा दिने र लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई सहज होस् भनेर कारोबार सुरक्षित विधेयक कार्यान्वयनको लागि पास गरेका छौँ ।’

उक्त विधेयक दुवै सदनबाट पास भएपछि कर्जा दिने र कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई सहज हुनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्