प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको पत्र

बुधबार, वैशाख २६, २०८१

काठमाडौँ- कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई पुनः पत्र पठाएका छन् ।

यसअघि गत २६ चैतको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको पाचौं अधिवेशन आगामी ११ जेठमा बोलाउने निर्णय गरी पत्र पठाएकामा हालसम्म नबोलाइएको भन्दै मुख्यमन्त्री कार्कीले बुधबार पुनः अर्को पत्र पठाएका हुन् ।

बुधबार बसेको कोशी मन्त्रिपरिषद् बैठकले ११ जेठमा अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रि-बजेट छलफल लगायत महत्त्वपूर्ण विषयमा छलफल गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई पत्र पठाएका हुन् ।

मुख्यमन्त्रीको पत्र लिएर मन्त्रीहरू शमशेर राई, कमल जबेगु, प्रदीप सुनुवारलगायत मन्त्रीहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्