इजरायलसँग रिसाएर अमेरिकाले पठाउन ठिक्क पारेको 'गोलीगठ्ठा' पनि रोक्यो

बुधबार, वैशाख २६, २०८१

इजरायलसँग रिसाएर अमेरिकाले इजरायल पठाउन ठिक्क पारेको 'गोलीगठ्ठा' पनि रोकेको खबर सार्वजनिक भएको छ । इजरायलले दक्षिणी गाजापट्टीको राफाह क्षेत्रमा गरेको सैनिक कारबाहीसँग पुर्णरूपमा सहमत हुन नसकेको भन्दै गत हप्ता नै इजरायल पठाउँन ठिक्क पारेको 'गोलीगठ्ठा' अमेरिकाले रोकेको हो । 

अमेरिकी समाचार संस्था सिबिएस न्युजले अधिकारीहरूबाट प्राप्त जानकारीका आधारमा समाचार लेख्दै ९०० देखि १००० किलोग्रामका दुई प्याकेज सामानहरू रोकेको जनाएको छ । 

यसबारेमा अहिलेसम्म इजरायलले कुनै पनि प्रतिक्रिया दिएको छैन तर इजरायलले राफाह क्षेत्रमा चलाएको सैनिक कारबाहीमाथि धेरै देशहरूले प्रश्न उठाएका छन् । राफाह क्षेत्र खाली गर्न इजरायलले पुर्वचेतावनी दिए पनि त्यो पर्याप्त नरहेको धेरै देशले प्रतिक्रिया दिएका छन् । 

जर्मनीका विदेश मन्त्री एन्नालेना बैरबोकले पनि इजरायलको राफाह क्षेत्र आक्रमण गर्ने कदमको बिरोध गरेकी छिन् । "१० लाख मान्छेहरू त्यसै हावामा बिलाउन सक्दैनन् । म रफाहामा ठुला आक्रमण नगर्न चेतावनी दिन्छु ।" विदेश मन्त्री बैरबोकले एक्समा लेखेकी छिन् । 

इजरायलको जुनै पनि कदमको समर्थन गर्दै युद्धमा सघाइरहेको अमेरिकाले गोलीगठ्ठा रोक्नुलाई विशेष अवस्थाकारूपमा हेरिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्