विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेश सभा बैठक स्थगित

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ- मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

आइतबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेश सभा सदस्यहरूसँग विश्वासको मत मागेका छन् । उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रदेश सभा बैठकमा एमाले र माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । अधिकारी मन्त्रिपरिषद्कै सदस्य स्वतन्त्र सांसद दीपक मनाङेले पनि विश्वासको मत दिनेछन् । नेपाली काँग्रेसले नदिने भएको छ भने राप्रपा तटस्थ रहने भएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्