एलओडी लगायत अरजित सिंहजस्ता महँगा गायक ल्याएर कन्सर्ट गर्ने तर कर नतिर्नेलाई महानगरको ताकेता

बुधबार, वैशाख १९, २०८१

कठमाडौ –काठमाडौं महानगरले ३५ दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ । महानगरले मंगलबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बागमती प्रदेश आर्थिक ऐन २०८० अनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोहीअनुसार क्यासिनोहरूलाई पटकपटक कर तिर्न आग्रह गर्दै आएको थियो । महानगरका अनुसार हायात होटलमा साङगेतीक कार्यक्रम कन्सर्ट सञ्चालन गर्ने ग्रेज इन्टरटेनमेन्ट र एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिज लड डिस्को लगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर बुझाउन आग्रह गरेको छ । 

काठमाडौ महानगरपलिकाले महानगर क्षेत्रभित्र सञ्चालन हुने  सिनेमा हललाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ। महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हल, क्यासिनो, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सास्कृतिक प्रदर्शन हल, थिएटर र नाटक घरलाई महानगरले मनोरञ्जन कर तिर्न भनेको छ। उक्त अवधीभित्र कर दाखिला नगरेमा आर्थिक ऐन २०८० को दफा २१ बमोजिम कारबाही हुने महानगरद्धारा जारी गरेको विज्ञाप्तीमा उल्लेख छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार