इलाम–२ उपनिर्वाचन 

सुहाङलाई पछ्याउने नै फराकिलो मतान्तरमा, घन्टीले २३ सय कटाउँदा अरुको कति–कति छ?

सोमबार, वैशाख १७, २०८१

काठमाडौं– प्रतिनिधि सभा तर्फको इलाम–२ को उप–निर्वाचनको पछिल्लो नतिजा आएको छ। बाबुको विरासतमा उभिएका एमाले उम्मेदवार सुहाङ नेम्वाङले १५ हजार ६५३ मत ल्याएका छन्। उनको मतान्तर ५५ सय भन्दा बढी छ। 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ६८ मत ल्याएका छन्। 

पहिचानवादी मुढा चिन्हबाट मैदानमा रहेका डकेन्द्रसिंह थेगिमले ८ हजार ६८९ मत प्राप्त गरेका छन्। तर रास्वपाका मिलन लिम्बु भने भर्खर २३१३ मतमा सीमित रहेका छन्। 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्