इलाम–२ अपडेट : एमालेका सुहाङले मतान्तर ५ हजार बनाए, घन्टी बल्ल–बल्ल दुई हजार मतको नजिक 

सोमबार, वैशाख १७, २०८१

काठमाडौं– प्रतिनिधि सभातर्फको इलाम–२ मा भएको उपनिर्वाचनको मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजारको मतान्तर बनाएका छन्। 

ताजा परिणामअनुसार १३ हजार ९ सय मत पाएका सुहाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्कासँग ५ हजारको मतान्तर बनाएका हुन्। 

नेपाली कांग्रेसका खड्काको भने ८ हजार ९०३ मत आएको छ। खड्कालाई स्वतन्त्र उम्मेदवार रहेका पहिचानवादी डकेन्द्रसिंह थेगिमले पछ्याइरहेका छन्। मुढा चुनाव चिन्हमा लडेका थेगिमको ८ हजार २८४ मत आएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुको भने १९ सय ४४ मत मात्र आएको छ। 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार