इलाम-२ मा ५७ प्रतिशत मत खस्यो

शनिबार, वैशाख १५, २०८१

इलाम - इलाम-२ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । मुख्यनिर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको हो । उनका अनुसार 
इलाम-२ मा एक लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६६ हजार मत खसेको छ ।

करिब ५७ प्रतिशत मत खसेको आकलन गरिएको उनले बताए । 

शनिबार  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । इलाम-२ मा एक स्थानका लागि राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार सातजना गरी १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्