नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

बिहीबार, वैशाख २७, २०८१

सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ ।

सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । qq

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्