उपनिर्बाचन इलाम-२ : हालसम्म ३५ प्रतिशत मतदान

शनिबार, वैशाख १५, २०८१

 

इलाम - इलाम– २ मा जारी निर्वाचनमा ३५ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान मध्यान्ह १२ बजेसम्ममा करिब ३५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

निर्वाचन अधिकृत घिमिरेका अनुसार हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा अघि बढिरहेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम–२ मा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार