छिट्टै गुठी विधेयक ल्याउने भूमि मन्त्री अधिकारीको तयारी

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी विधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् ।

गुठी विधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलिपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्रियामा उक्त गुठी विधेयक ल्याउने जानकारी गराएका हुन् । पुरानो कानूनमा भएका राम्रा कुरा अंगीकार गर्दै परिवर्तित समय र सबै समुदायको अपनत्व रहने गरी गुठी विधेयक ल्याउनका लागि मन्त्रालयले छलफल सुरु गरेको छ ।

गुठी जग्गा जमिनको विषय मात्र नभएर काठमाडौं उपत्यकाको हकमा नेवा समुदाय र अन्य देशभर आ-आफ्नो परम्परा र संस्कृतिसँग गुठी जोडिएकाले यसको स्थायी समाधान खोजिरहेको मन्त्री अधिकारीको भनाइ छ । तत्कालका समस्या र दीर्घकालमा आइपर्ने समस्या समाधानका लागि सबै सरोकारवालासँग छलफल गरेर मस्यौदा लिएर आउन मन्त्री अधिकारीले निर्देशन दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्