मोदी सरकारको ‘नाकमा दम’ गर्ने ध्रुव राठी, एकै पटक ५ भाषाका युट्युब च्यानल खोलिदिए

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं– भारतमा जारी लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)का निम्ति एक युट्युवर चुनौतीपूर्ण प्रतिपक्षी बनेका छन्। 

उनी चुनावमा भाजपाका प्रतिस्पर्धी नभई उसको पराजयका निम्ति पैरवी गरिरहेका छन्। हिन्दी भाषाको युट्युव च्यानलमार्फत भाजपा सरकारले गरेका गलत कामको पोल खोलीरहेका उनले अब भारतमा चलनमा रहेका ५ भाषामा युट्युवमार्फत नरेन्द्र मोदी सरकारको पोल खोलिरहेका छन्। 

भाजपाका निम्ति प्रतिपक्षीको इन्डिया गठबन्धन भन्दा पनि राठी ठूलो चुनौति बनेका छन्। भारतका सबै मिडियालाई भाजपाको पैरवी गर्ने बनाएका मोदीका निम्ति राठी चुनौतिपूर्ण प्रतिपक्ष साबित हुँदैछन्। 

लोक सभा निर्वाचन चलिरहेकै अवस्थामा राठीले मोदी सरकारको भ्रष्टाचारदेखि जनतालाई कसरी म्यानुपुलेट गरिरहेका छन् भनी एक एक तथ्यसहितका पोल खोलिरहेका छन्। 

पछिल्लो पटक राठीले मोदी सरकारले कसरी आईटी सेलको प्रयोग गरी जनतालाई बेबकुफ बनाइरहेको छ भन्ने तथ्यगत रिपोर्ट सार्वजनिक गरेका थिए। 
उनले बंगाली, तेलगु, कन्नड, तमिल, मराठी भाषाका युट्युव च्यानल सार्वजनिक गरी नरेन्द्र मोदीको चुनावी अभियानलाई प्रभावित बनाइरहेका छन्। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्