नेपालले तेस्रो विकेट गुमायो, अनिल आउट

शनिबार, वैशाख २२, २०८१

काठमाडौं- पाँच खेलको श्रृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य पहिल्याइरहेको नेपालले तेस्रो क्षति व्यहोरेको छ । नेपालले तेस्रो विकेटको रुपमा अनिल साहलाई गुमाएको हो ।

अनिल ५८ रन बनाएर आउट भए । ४ छक्का र ५ चौका प्रहार गरेका उनी अबेड मक्वेको बलमा आउट भएका हुन् ।

यसअघि नेपाल दुई ओपनर कुशल भुर्तेल १३ र आशिफ शेख ५१ रनमा आउट भएका थिए ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्ज सर्वाधिक ३५ रनमा अविजित रहे । रोस्टन चेसले ३३ र जोन्सन चार्ल्सले २४ रन बनाए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका सागर ढकाल र सोमपाल कामीले ३(३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएका थिए । त्यस्तै अविनाश बोहोराले एक विकेट लिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्