वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसिफ बनाए अर्धशतक

शनिबार, वैशाख २२, २०८१

काठमाडौँ- वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खलामा आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । उनले ३३ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काएका छन् ।

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्