एमालेको हिरक महोत्सवमा देउवा र प्रचण्ड प्रमुख वक्ता, पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’

सोमबार, वैशाख १०, २०८१

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ बर्ष पुगेको अवसरमा नेकपा एमालेले गोदावरीमा सोमबार हिरक महोत्सव गरेको छ।

यस अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख वक्ता तोकिएको छ।

तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री र पार्टी प्रमुखलाई पनि निमन्त्रणा गरिएको छ।

प्रतिनिधि परिषद् बैठकको दोस्रो दिन अस्वस्थताको कारण उपस्थित हुन नसकेका पार्टी अध्यक्ष केपी शर्मा ओली हिरक महोत्सवमा सहभागी हुनेछन्।

यस अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरिने एमालेले निर्णय गरेको थियो। 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्