गठबन्धनमा नयाँ मोडः नारायण खड्काको घरमा कांग्रेस सभापति देउवा र माधव नेपालबीच वार्ता

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं– सत्ता गठबन्धनमा नयाँ मोड आउने लगभग निश्चित भएको छ। यसको आवरण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भेटवार्ता बनेको छ। 

कांग्रेस नेता नारायण खड्काको घरमा बुधबार राती भएको भेटमा सत्ता गठबन्धनका विषयमा मन्थन भएको थियो। साथै, सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत नपुग्ने भएपछि अध्यक्ष नेपालले मुख्यमन्त्रीका प्रत्यासी दीर्घ सोडारीलाई सघाउन देउवासँग आग्रह गरेको बताइन्छ। 

सोडारीलाई नेकपा एमालेले सहयोग नगर्ने देखेपछि नेपाल देउवाको शरणमा पुगेका थिए। यहि कारण अहिलेको सत्ता गठबन्धन धरमरमा पनि परेको छ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार