माधव नेपालको पार्टीविरुद्ध ओलीका टिप्पणी, एमाले संसदीय दलमा के–के भने?

सोमबार, वैशाख ३, २०८१

काठमाडौं– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धनको अर्को सहयात्री एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग चिढिएका छन्। 

उनले सोमबार भएको एमाले संसदीय दलको बैठकमा नेकपा एकीकृत समाजवादीलाई दक्षिणपन्थी, अवसरवादी र बार्गेनिङ गर्ने पार्टीका रुपमा चित्रण गरे। 

सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा कांग्रेसले समर्थन गरेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई एकीकृत समाजवादीले पनि समर्थन गरेको विषयमा ओलीको यस्तो व्यंग्य आएको थियो। 

‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो’, ओलीले भने,‘यो दक्षिणपन्थी अवसरवादी र अराजनीतिक छ।’

आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले बताएका थिए। 

माधव नेपालको पार्टीले कम्युनिस्ट साइनबोर्ड राखी कांग्रेसलाई सघाएको ओलीको आरोप थियो।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्