सिंहदरबारमा केही सचिवहरूको सरुवा

शुक्रबार, चैत ३०, २०८०

काठमाडौँ - सरकारले केही सचिवहरूको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका केही सचिवहरूको सरुवा गरेको हो ।

स्राेतका अनुसार मन्त्रिपरिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । यस्तै उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलाको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।

बैठकले अन्य केही सचिवहरूको पनि सरुवा गरेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार