सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक चाप

सोमबार, वैशाख २४, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ । यस्तै टेलरिङ् ड्रेस मेकिङ् मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

तालिम सञ्चालनका विषयमा जानकारी लिन राष्ट्रिय अन्तरराािष्ट्रय क्षेत्रगत प्रतिनिधिहरुले अवलोकन गर्न थाल्नुभएको छ । यसै क्रममा तालिमको चौथो दिनडच फाउन्डेसन सोसियल डिपलपमेन्ट नेपालका प्रतिनिधिहरुले तालिमका बारेका जानकारी लिएका छन् ।

मेलाअन्तर्गत १० वटा विधामा ३० वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन् । तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन् । तालिमका फास्टफुड एण्ड कुकिङ् र वेकरीका कक्षाहरु ४-४ घण्टा हुन्छन् । अरु कक्षाहरु ३-३ घण्टा हुन्छन् । यसरी दोस्रो कक्षा ११ बजे र तेस्रो कक्षा २ बजे सुरु हुन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्