राप्रपाको ४० बुँदेमा थपियो एउटा माग, ४१ औं बुँदा गृहमन्त्री लामिछानेको राजीनामा

मंगलबार, चैत २७, २०८०

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौंमा भएको शक्ति प्रदर्शनमा प्रहरी दमन भएपछि ४० बुँदे मागमा अर्को माग थपिएको छ। 

राप्रपाको सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ बुँदा थपिएको र त्यो उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा रहेको बताए। 

राप्रपा नेता र कार्यकर्ताको जुलुसमा प्रहरी धरपकड, लाठीचार्ज र अश्रुग्यास समेत प्रहार भएपछि आक्रोशित बनेका अध्यक्ष लिङ्दनेले भने,‘गृहमन्त्री लामिछानेको राजीनामा माग्छौं, माग थपियो।’

यो दिनलाई सम्झनामा राख्ने घोषणा गरेका उनले राप्रपाका धेरै नेता कार्यकर्ता घाइते भएको दाबी गरेका छन्।

pardasan-raparpa-1712653398.webp

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्