भारतको नैनीतालमा दुर्घटनामा परी ७ नेपालीसहित ८ जनाको मृत्यु 

मंगलबार, चैत २७, २०८०

काठमाडौं– भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको विवरण प्राप्त भएका छन्। 

भारतीय मिडियाहरूले बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएको उल्लेख गरेका छन्। टाइम्स अफ

इन्डियालगायतका मिडियाले मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको जनाएका छन्। 

उनीहरूको सनाखत भइसकेको छैन। भारत भ्रमणमा गएका बेला उनीहरू दुर्घटनामा परेको अनुमान गरिएको छ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्