नेभिगेशन
समाचार

अबको संसद बैठक चल्न नदिने तयारीमा कांग्रेस, सरकारलाई राख्यो रवि लामिछानेबारे यस्तो सर्त

काठमाडौं– नेपाली कांग्रेसले अब बस्ने प्रतिनिधि सभाको बैठकको निरन्तरताका लागि सरकारसँग सर्त राखेको छ। 

बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले अबको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा छानबिनका लागि संसदीय समितिसहित आउन भनेका छन्। 

प्रमुख प्रतिपक्षीले अहिलेसम्म छानबिनका लागि संसदीय समिति माग गरेको विषयलाई कमजोरीका रुपमा नलिनका लागि उनले चेतावनी दिएका थिए। उनले भने,‘बिनम्रताका साथ भन्छु, सहकारी ठगीको विषयमा छानबिन समितिसहित आउनुहोला। ५० हजार मानिसको ८० करोड ठगिएको विषयमा कुरा उठाइरहेका छौं, नजरअन्दाज नगरियोस्।’

सहकारी ठगीका मुखिया मानिने गितेन्द्रबाबु राई (जीबी) मलेसियामा रहेको बताएका शर्माले सुपुर्दगी गरेर ल्याउन मिल्ने दाबी गरे। यति मात्र गरेनन् गृहमन्त्री लामिछाने र जीबी राईको निरन्तर सम्पर्क हुने गरेको जानकारी कांग्रेससँग रहेको पनि ठोकुवा थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार