प्रतितोला चार सयले घट्यो सुनको मूल्य

मंगलबार, चैत २०, २०८०

काठमाडौ - स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा चार सयले घटेको छ ।

सोमबार तोलामा एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ ।

यस्तै, तेजावी सुन सोमबार तोलामा एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्