आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए अर्धशतक

शुक्रबार, चैत १६, २०८०

काठमाडाैं- पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले अर्धशतक बनाएका छन् ।

नेपाल ‘ए’का ओपनर लोकेशले दुई छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।

आयरल्यान्ड ‘ए ले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरमा तीन विकेट गुमाएर १०३ रन बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्