रास्वपाका उम्मेदवार मिलन लिम्बूले मतदानका क्रममा निर्वाचन कानुन तोडेको आरोप

शनिबार, वैशाख १५, २०८१

काठमाडौं– इलाम–२ मा भइरहेको उप निर्वाचनको मतदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले निर्वाचन कानुन तोडेको आरोप लागेको छ। 

प्रतिनिधि सभाको उप निर्वाचनको मतदानका क्रममा पार्टीको मत चिन्हसहितको लोगो लगाएर मतदान गरी मतदान स्थलमा मतदाता प्रभावित बनाएको लिम्बूलाई आरोप लागेको हो। 

अधिवक्ता स्वागत नेपालले सामाजिक सञ्जालमा एउटा लामो वक्तव्य नै जारी गरेर यस्तो जनाएका छन्।

मतदानका क्रममा उनले लोगो प्रयोग गरेको प्रष्ट देखिन्छ। निर्वाचन आयोगले जारी गरेको निर्वाचन कानुनको व्याख्यासहित स्वागत नेपाल लेख्छन्–

के हेरिरहेको छ निर्वाचन आयोग? कानुन उल्लंघन गर्ने रविको आडमा उनका पिछलग्गुको उन्माद। 

अहिल्यै त सहकारी ठगीमा जाहेरी पर्दा पनि अनुसन्धान रोकेर कानुन हातमा लिने नाइके गृहमन्त्री भएकोले उनका पिछलग्गु मिलन लिम्बूले निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदान गरे, यो नै धाँधली हो। मतदान स्थलमा चुनाव चिन्ह लिएर छातीमा टाँसेर जान पाइन्न। के हेरिरहेको छ निर्वाचन आयोग? 

त्यसमा पनि उनले आफ्नो फेसबुकमा आफैँ पोष्ट गरेर थप प्रचार गरेका छन्। निर्वाचन आयोगले तत्काल कारवाही गरेर अहिल्यै उम्मेदवारी खारेज भएको र उनको लागि खसेको मत गणनामा नलिने कुराको जानकारी गराउनुपर्छ। 

मिलनले आचार संहिता विपरित मतदानको समयमै प्रचार गर्दै भोट हालेका मात्र छैनन्, समाज र कानुनलाई चुनौति पनि दिएका छन् आफैले फेसबुकमा पोष्ट गरेर। अहिल्यै त गाली राजनीतिको नाइके गृहमन्त्री छँदै छ मलाई के हुन्छ र भनेर कानुन उल्लंघन गर्नेले भोलि के गर्छ? त्यही गर्छ जुन उनका विदेशी एजेण्ट सहकारी ठग नाइकेले गर्छन्। 

नजानी गरेको हो भने यति पनि कानुनी व्यवस्था नजान्ने उट्पट्यांग मान्छे कानुन बनाउने ठाउँमा गएर के गर्छन् , केवल विदेशी एजेण्ट भनेको कुरामा ताली बजाउँछन्, जानेर गरेको हो भने यस्ता अराजकहरुबाट केही हुन्न।

438098063_10230108357804848_3526295429334511620_n-1714194258.jpg


 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्