स्वास्थ्य शिविरबाट छ सय दुई जना लाभान्वित

शनिबार, वैशाख १५, २०८१

सिमकोट (हुम्ला) -  जिल्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविरबाट छ सय दुई जनाले सेवा लिएका छन् । 

गाउँपालिकाले ‘भेटौँला चङ्खेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चङ्खेलीबासीका दुःख मेटौँला’ नारासहित प्रत्येक महिनाको एक दिन विशेषज्ञ डाक्टरबाट आफ्नो मातहतमा रहेका प्रत्येक स्वास्थ्य चौकीबाट नि:शुल्क सेवा दिँदै आएको छ ।  


पालिका मातहतका स्वास्थ्य चौकीमा ‘एमबिबीएस’ डाक्टरबाट सेवा दिने हेतुले मिमी स्वास्थ्य चौकी, दार्मा स्वास्थ्य चौकी, मेल्छाम स्वास्थ्य चौकी र पिप्लाङ स्वास्थ्य चौकीले सेवा सेवा प्रवाह गरेका गाउँपालिका स्वास्थ्य संयोजक सुरवीर शाहीले बताए । 

पाँच दिनसम्म सञ्चालन भएको शिविरमा उपचार सम्भव नभएका ४९ जनालाई थप उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल रिफर गरिएको शाहीले बताए । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्