उपनिर्वाचन : इलाममा २० प्रतिशत मत खस्यो

शनिबार, वैशाख १५, २०८१

विराटनगर - उपनिर्वाचन अन्तरगत इलाममा भइरहेको मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको छ ।

इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । अहिले सम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

बिहान ७ बजे सुरु भएको मतदान १० बजेसम्म सबैतिर मर्यादित रूपमा भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्