फेरि विवादमा परिन् प्रचण्डकी बुहारी बिना मगर, माओवादी केन्द्रीय सदस्यहरू किन रिसाए?

शुक्रबार, चैत १६, २०८०

काठमाडौं– पूर्वखानेपानीमन्त्री तथा माओवादी नेत्री बिना मगर पार्टी संगठनभित्र नै विवादमा परेकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी उनलाई संगठनका केन्द्रीय सदस्यहरूले नै सह–इञ्चार्ज अस्वीकार गरेका छन्।

माओवादी स्थायी समितिको बैठकले उनलाई सुदूरपश्चिम प्रदेशको सह–इञ्चार्ज तोकेको थियो। 

प्रदेशको सहईन्चार्ज बिना मगरलाई बनाएको प्रति असन्तुष्टि जनाउँदै सिनियर नेताहरूले बैठकमा नै नबस्ने बताएपछि विवाद भएको थियो। 

जुनियरलाई सहईन्चार्ज बनाएको भन्दै सोही दिनबाट विरोध गरेका माओवादीका नेताहरूले धनगढीमा भएको छलफल पनि बहिष्कार गरेका थिए। यसरी बहिष्कार गर्नेमा हेमराज भट्टराई, हरि ज्ञवाली, नेपबहादुर चौधरी, विरमान चौधरी र भगत बडूवाललगायतका केन्द्रीय सदस्यहरू छन्। 

प्रदेश इन्चार्ज भने गिरीराजमणि पोखरेल छन्। 

प्रदेश अध्यक्षले पार्टी अध्यक्षसँग यस विषयमा कुरा गर्ने भनेका थिए। तर त्यसो नभएकोमा उनीहरू सन्तुष्ट छैनन्। 

उक्त छलफल केन्द्रीय सदस्यहरूको बैठकको एजेन्डा र प्रदेश सचिवालय सदस्यहरूको बैठकको एजेन्डा तय गर्ने जनाइएको छ। मगर यसअघि पनि प्रचण्डको बुहारी भएका कारण मात्र मौका पाइरहेको भनी विवादमा परेकी थिइन्। 

तत्कालिन नेकपा सरकारका पालामा केपी शर्मा ओलीको क्याबिनेटमा उनी खानेपानी मन्त्री थिइन्। तीन बर्षसम्म मगरले उक्त मन्त्रालय चलाइन्। 
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्