श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

बिहीबार, चैत १५, २०८०

काठमाडौँ - श्रीमतीको हत्या अभियोगमा प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । 

कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ सालघारी बस्ने ३४ वर्षीय बलराम थारुले २४ वर्षीया आशिका चौधरीको हत्या गरेका छन् । 

बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आज दिउँसो थारुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्