तराईमा अझै पाँच दिन तातो लहरको सम्भावना

शनिबार, वैशाख १५, २०८१

काठमाडौं - देशको तराई भूभागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना छ । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


“लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,” महाशाखाले शनिबार अपराह्न जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । “ती भूभागहरूमा आगामी पाँच दिन (२०८१ वैशाख १६ गतेदेखि २०८१ वैशाख २० गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ,” बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्