आरजु राणा भारत भागेकी होइनन्, यस्तो रहेछ तथ्य

बिहीबार, चैत १५, २०८०

काठमाडौं– नेपालमा सरकार परिवर्तन भई गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पाउनासाथ ठूला माछा पक्राउ गर्ने हल्ला चल्यो। 

उक्त हल्लाबीच नेपाली कांग्रेसकी नेत्री तथा सभापति शेरबहादुर देउवापत्नी आरजु राणा भारततिर भागेको भनेर अफवाह चलाइयो।

भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गरिने भएपछि भागेको भन्ने अफवाह फैलाइएको थियो। 

जोडतोडले सामाजिक सञ्जालमा यो विषयलाई अझ भ्रामक बनाएर प्रचार गरिएपछि आरजु भारत जानुको तथ्य सार्वजनिक भएको छ। 

आरजु स्वयमले सामाजिक सञ्जाल फेसबुकमा सचिवालयको विज्ञप्ति र तस्बिरसहित उपचारका लागि पुगेको विहीबार सार्वजनिक गरिन्। 

हेर्नुहोस् विज्ञप्ति

433198737_958162352339165_3820826388971202196_n-1711609058.jpg

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्