सडक विभाग–काठमाडौं महानगरको जुहारी, बालेन आफैं व्यंग्यात्मक प्रतिवादमा उत्रिनुको अन्तरकथा

बुधबार, चैत १४, २०८०

काठमाडौं– नौ बर्षअघि नै कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथको सडक निर्माण सक्नुपर्ने चिनियाँ कम्पनी सांघाई कन्ट्रक्शन र भौतिक निर्माण तथा यातायात मन्त्रालयबीच भएको सम्झौताअनुसार काम भएन। 

महानगर क्षेत्रमा पर्ने उक्त सडकमा धुलो धुवाँले गर्दा जनता आजित भएपछि महानगरपालिकामा गुनासोको थुप्रो लाग्यो। महानगरले नै निर्माण गरेको भन्ने जनतामा परेपछि त्यो भ्रम चिर्न नौ ठाउँमा राखियो यस्तो बोर्ड। र, यसबारे मेयर बालेनले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए, यसरी। 

434643710_980476480111274_8611424094419903762_n-1711517141.jpg

तर सडक विभागले फेरि सूचना जारी गरी बोर्ड हटाउनका लागि अल्टिमेटम दियो। विभागले यसबारे सार्वजनिक सूचना नै जारी गरी अल्टिमेटम दिएको थियो। हेर्नुहोस् सूचना। 

sadak-1711517917.jpg

महानगरपालिकाले जनताको हित र जानकारीका लागि राखेको उक्त बोर्ड हटाउन इन्कार गरिदियो। त्यसपछि विभागले नै बोर्ड हटाएको आशंका भयो। तर, बोर्ड चोरी भएको विषयमा महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले नेपाल प्रहरीको जिल्ला परिसर काठमाडौंमा उजुरी दिए।

उजुरी यस्तो थियो। 

ujuri-1711517361.jpg

उजुरीबारे जानकारी पाएपछि परिसरले महानगरलाई सडक विभागले नै उक्त बोर्ड हटाएको जानकारी दियो। अनि, बालेनले फेरि व्यंग्यात्मक शैलीमा यस्तो प्रतिक्रिया दिएका छन्।

 


 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्