नेभिगेशन
समाज विविध

बालेन र जापानी राजदूत तोरुबीच शिष्टाचार भेट

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन्।

बुधबार महानगर कार्यालयमा भएको भेटमा सहरी विकास र आपसी सहकार्यका विविध पक्षमा छलफल भएको हो।

भेटमा दुवै पक्षबीच सहरी पूर्वाधार निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणसम्बन्धी अनुभव र अभ्यासको आदानप्रदानबारे कुराकानी भएको महानगरले जनाएको छ।

प्रमुख साहले काठमाडौँको सांस्कृतिक पहिचान अद्वितीय रहेको बताउँदै मूर्त सम्पदा, मौलिक खानपान र सामाजिक जीवनशैलीबीचको सम्बन्धबारे जानकारी गराएका थिए।

त्यस्तै, राजदूत तोरुले जापान र काठमाडौँलगायतका सहरहरूबीच सहरी आचरणसम्बन्धी ज्ञान, सीप र प्रविधिको आदानप्रदानको प्रशस्त सम्भावना रहेको बताए।

दुवै पक्षले भविष्यमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध