नेभिगेशन
समाज विविध

छुटिन् पेस्तोल पड्काउँदै नाच्ने बबी सिंह

काठमाडौं - पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल बनेपछि प्रहरी सोधपुछमा परेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई सोधपुछका लागि भन्दै कार्यालयमा बोलाएको थियो । सोधपुछ गरेपछि प्रारम्भिक अनुसन्धानका क्रममा सक्कली नभइ बारुद मात्रै पड्किने खालको भएपछि उनलाई छाडिएको प्रहरीले बताएको छ ।

‘उहाँलाई सोधपुछ गर्‍यौं, पड्काएको पेस्तोल पनि बरामद भयो । तर बारुद मात्रै पड्किने खालको पेस्तोल भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपछि बोलाएको बखत उपस्थित हुने गरी कागज गरेर छाडेका छौं । घटना सर्लाहीको भएकाले बाँकी अनुसन्धान उतैबाट हुन्छ,’ सप्तरीका एसपी ढकेन्द्र खतिवडाले भने ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध