नेभिगेशन
समाज विविध

स्कारपियो दुर्घटनामा अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

विराटनगर- चितवनबाट झापा दमकतर्फ जाँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ । उदयपुर कटारीमा भएको दुर्घटनामा वडाध्यक्षसहित ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कटारीका इन्स्पेक्टर कमल बजगाईका अनुसार दुर्घटनामा दमक–३ निवासी ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी नगरपालिकाका कानुन अधिकृत हुन् । मे. १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियो ।

वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका– १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध