कर्णाली पुलबाट हामफालेका युवकको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन

मंगलबार, चैत १३, २०८०

काठमाडौं- कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ ।

नं. ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे घटनास्थलमा परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्दं थापाले जानकारी दिए ।

सोमबार दिउँसो होली खेल्दै रमाइरहेका १७ जना युवक एकपछि अर्को गर्दै कर्णाली पुलबाट धमाधम नदीमा हाम फालेका थिए। उनीहरुमध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म वेपत्ता छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्