इलाम-२ मा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

आइतबार, चैत ११, २०८०

काठमाडौं- नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकबाट नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए 

सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ  २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्