राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

सोमबार, चैत ५, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ ।

केन्द्रीय बैंककै एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्ती गरिएको स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंक मानव संशाधन विभागले उनलाई बर्खास्ती गरेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्