बच्चा चोरी आरोपमा पक्राउ परेकी महिलाविरुद्ध अपहरणको मुद्दा दर्ता

आइतबार, चैत ४, २०८०

काठमाडौँ- थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बच्चा चोरीको आरोपमा पक्राउ परेकी दैलेखको महाबु गाउँपालिका-६ कि मानकुमारी सिंहविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा मानकुमारीको बयान भइरहेको छ ।

काठमाडौँको कागेश्वर मनोहरा बस्दै आएकी २७ वर्षीया मानकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । थियो भने शिशुको उद्धार गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्