बझाङमा एमालेको अग्रता कायमै, अन्य कसकाे कति ?

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ -बझाङ प्रदेशसभा १ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा रहेका छन् ।

एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले १८०२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले १२७४ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११२८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले भने ७२० मत पाएका छन् ।

योसँगै छबिसपथिभेरा गाउँपालिकाको मत गणना सकिएको छ । त्यहाँ ७ वडा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्