इलाम–२ : फाकफोकथुमका तीन वटा वडामा ४४ मत बदर

आइतबार, वैशाख १६, २०८१

इलाम -इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। आइतबार दिउँसोबाट सुरु भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले अग्रता सुरुदेखि नै अग्रता कायम राखिरहेका छन्। 


उनलाई नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। 


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, अहिलेसम्म फाकफोथुम गाउँपालिकाका तीन वटा वडाको मतगणना सकिएको छ। 


यी तीन वटाबाट जम्मा ४ हजार १ सय ५० मत खसेको थियो। जसमध्ये वडा नम्बर १ मा १७, २ मा १३ र ३ मा १४ मत बदर भएको छ। 

अहिलेसम्म कांग्रेसका खड्काले १६ सय ५८, एमालेका नेम्वाङले १६ सय ३० मत ल्याएर प्रतिस्पर्धामा छन्। 


तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू छन् भने चौथोमा रास्वपा उम्मेदवार मिलन लिम्बू चौथो अवस्थामा छन्। 

थेगिमले ४ सय ३० र लिम्बूले ३ सय ८ मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्