सांसद मञ्जु शर्मा अन्सारीको निधन, अस्पताल पुगेर सभामुखले दिए श्रद्धाञ्जली

आइतबार, चैत ४, २०८०

काठमाडौं– प्रतिनिधि सभा सदस्य माननीय मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनलाई सांसद बनाइएको थियो । 

सभामुख देवराज घिमिरे सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्