‘पुरानो गठबन्धनलाई निरन्तरता दिनु दिन गन्नु र काल पर्खिनुभन्दा अरु केही भएन, नयाँ प्रयोग गरें’

बुधबार, फागुन ३०, २०८०

काठमाडौं– नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिनु भनेको दिन गन्नु र काल पर्खिनुभन्दा अरु केही नभएको दाबी गरेका छन्। 

बुधबार प्रतिनिधि सभामा विश्वासको मत मागेपछि नेताहरूले उठाएका प्रश्न र टिप्पणीको उत्तर दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यो विषय पार्टीमा छलफल गरेपछि नयाँ प्रयोग गर्दा राम्रो हुन्छ भनेपछि त्यहि गरेको बताए। 

गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले उठाएको प्रश्नको उत्तर दिने क्रममा उनले भने,‘मिले मिल्नुस् नमिले आफ्नो निर्णय गर्न सक्नुहुन्छ। धम्क्याउने चिज राम्रो होइन।’

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि उठाएको प्रश्नको प्रत्युत्तरमा प्रचण्डले भने,‘उहाँहरू प्रधानमन्त्री नै बनाउन पनि हिँड्नुभएको थियो। अहिले प्रश्न गर्न मिल्छ?’
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्