रूसमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

बुधबार, फागुन ३०, २०८०

द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्ललबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल–७६ विमान जङ्लमा खसेको जनाएको छ ।

सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन ।

न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सप्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ ।

अनलाइन समाचार माध्यामहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् । “मस्कोको स्थानीय समयअनुसार दिउसो एक बजे एक आइएल–७६ सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उद्धृत गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्