सदनमा ओलीले हजार मुसा खाएर हज हिँडेको बिरालोको कथा सुनाए, कसलाई थियो दनक?

बुधबार, फागुन ३०, २०८०

काठमाडौं– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य विपक्षी नेपाली कांग्रेसलाई व्यंग्य गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत किन नदिएको भनी प्रश्न गरेका छन्।

बुधबार प्रतिनिधि सभामा प्रचण्डले विश्वासको मत मागेपछि बोलेका ओलीले हजार मुसा खाएर हज हिँडेको बिरालोको प्रसङ्ग कोट्याउँदै कांग्रेसलाई भने,‘एक बर्षअघिचाहिँ विश्वासको मत दिँदा अहिले दिँदा के फरक पथ्र्यो? किन नदिएको?’

आफू प्रधानमन्त्रीको भागवन्डामा नरहेको बताएका ओलीले सदनमा कसैको पनि बहुमत नरहेका कारण सरकार फेरबदललाई नयाँ विषय लिन नहुने जिकिर गरे। 

देशका समस्याका विषयमा कुरा गरौं भन्दा कांग्रेसले कुरा चल्दैन भन्ने तर्क अघि सारेको ओलीको टिप्पणी थियो। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई इंगित गर्दै भने,‘आउनुहोस् कुरा गरौं न। देश समस्यामा छ।’
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्