न्युजिल्यान्डले युवा अपराध कम गर्न सैन्य एकेडेमी सुरु गर्ने

मंगलबार, फागुन २२, २०८०

वेलिङ्टन– न्युजिल्यान्ड सरकारले युवाहरूमा देखिन सक्ने पुनः अपराधको जोखिम कम गर्न युवा अपराध विरुद्ध सैन्य एकेडेमीहरू विकास गर्ने योजना बनाएको छ । बालबालिका मन्त्री करेन छौरले मङ्गलबार यस बारे जनाकारी दिएका छन् ।

विभिन्न कारणले युव पुस्ता गम्भीर र निरन्तर अपराधको शृङ्खलामा फसिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न ‘सैन्य शैलीका’ एकेडेमीहरूको स्थापना गर्ने र अपराध विरुद्ध विभिन्न किसिमका सचेतनामूलक गतिविधि सञ्चालन गर्ने सरकारको तयारी छ ।

सैन्य शैलीको एकेडेमी यस वर्षको मध्यदेखि सञ्चालन हुनेछ जसमा युवाहरूलाई अज्ञानता र उत्तेजनाका कारण कुलत र अपराधमा फस्ने र पटकपटक अपमानित हुने जोखिम कम गर्न मद्दत गर्नका लागि सैन्य कम्पोनेन्टका साथै पुनर्वास र आघात–सूचनायुक्त हेरचाह लगायतका विषय समावेश हुनेछन् ।

यस्ता कार्यक्रमले थुप्रै युवा अपराधीहरूका जीवनमा अनुशासित र संरचित वातावरणका साथ वास्तविक परिवर्तन प्रदान गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्