प्रधानमन्त्री एक्लैले सम्हाले २१ मन्त्रालय

सोमबार, फागुन २१, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी सबै मन्त्रीहरूलाई पदमुक्त गरेका छन् । 

कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले यसअघिका सबै मन्त्रीलाई पदमुक्त गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी तोकिएको छैन् । सोमबार साँझ माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले सपथ लिएका छन् । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

president-of-nepal-pr-1709559886.jpg

प्रधानमन्त्रीले हेर्ने गरी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाइस कानुन, न्याय तथा संसदीय मामिलास कृषि तथा पशुपन्छी विकासस खानेपानीस गृहस परराष्ट्रस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणस भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक युवा तथा खेलकुद, रक्षा वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मेवारी पनि प्रधानमन्त्री दाहालले नै लिएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्